एजेन्सी – आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तान एकअर्का विरुद्ध मैदानमा उत्रिँदैछन् । यस खेललाई लिएर भारतमा ५ अर्ब भन्दा बढीको सट्टेबाजी चलेको छ । सट्टेबाजीका लागि भारतका फरीदाबाद, गाजियाबाद, नोएडा र गुडगाउँ लगायतका इलाका प्रसिद्ध मानिन्छन् ।


ADVERTISEMENT


स्रोतका अनुसार भारतीय खिलाडीलाई लिएर सट्टेबाजीको आधार मान्ने गरिन्छ । कसले शतक वा अर्धशतक हान्छ ? कसले कति विकेट लिन्छ ? भनेर सट्टेबाजी लगाइन्छ । ब्याटिङमा भारतीय कप्तान विराट कोहली र रोहित शर्मा तथा पाकिस्तानका लागि बाबर आजम र फखर जमान उच्च स्थामनमा रहेका छन् ।


ADVERTISEMENT

# # #


पुलिस स्रोतका अनुसार सट्टाबाजारमा भारतको पल्ला भारी रहेको छ । जुन खेलको परिणाममा मात्रै होइन, एक एक ओभर, एक एक बलमा पनि बाजी लागेको छ ।

एक सट्टेबाजले आईएएनएससंग भने, ‘आईपीएल खेलको जस्तै यस विश्वकपमा पनि कलेजका विद्यार्थी, व्यवसायी, होटलका मालिक, क्रिकेट प्रशंसक, व्यापारी सबै समावेश भएका छन् । जसले भारतलाई सर्मथन गर्दै सट्टेबाजी गरिरहेका छन् ।’ ६० प्रतिशतभन्दा बढी सट्टेबाजी भारतको जितमाथि लागेको छ ।