एजेन्सी – पाकिस्तानका मोहम्मद बशीर इङ्गल्याण्डमा जारी विश्वकप अन्तर्गत आइतबार हुने भारत र पाकिस्तानबीचको खेलका लागि ६ हजार किलोमिटर लामो यात्रा तय गरेर म्यानचेस्टर पुगेका छन् । उनी अमेरिकामा बस्ने गर्दछन् ।


ADVERTISEMENT


तपाईलाई लाग्न सक्छ, उनी त्यहाँ आफ्नो देश पाकिस्तानलाई समर्थन गर्न त्यहाँ पुगेका हुन् । तर, त्यसो होइन । उनी पाकिस्तानका साथै भारतीय पूर्व कप्तान तथा वर्तमान विकेटकिपर महेन्द्रसिंह धोनीलाई पनि समर्थन गर्छन् ।


ADVERTISEMENT

# # #


धोनी र बशीर एकअर्कालाई सन् २०११ देखि चिन्दछन् । त्यतीबेला धोनी भारतीय टिमका कप्तान थिए । उनले भारतको मोहालीमा विश्वकप अन्तर्गत सेमिफाइनलमा पाकिस्तानको विरुद्धको खेलमा बशीरलाई टिकट दिलाएका थिए । त्यसपछिका भारत र पाकिस्तानबीच भएका सबै खेलमा धोनीले उनलाई टिकट दिलाउँदै आएका छन् ।

‘म हिजो यहाँ (म्यानचेस्टर) पुगेको हुँ । आएपछि देखेँ कि यहाँ मानिसहरु एक् टिकटका लागि ७० देखि ८० हजार रुपैयाँ दिन तयार छन् ।’ ६३ वर्षीय बशीरले भने, ‘यहाँबाट सिकागो जान पनि यति नै रकम लाग्दछ । म धोनीलाई धन्यवाद दिन चाहन्छु कि मैँले टिकटका लागि संघर्ष गर्नुपरेन ।’

म धोनीलाई फान गर्दिनँ : बशीर

धोनी कहिले आफ्ना टिमका सदस्यका लागि पनि उपलब्ध हुन सक्दैनन् । तर, उनले बशीरलाई आजसम्म कहिल्यै निराश पारेका छैनन् ।

‘उनी एकदमै व्यस्त रहने भएकाले म उनलाई फोन गर्दिनँ । म केबल म्यासेज गरेर उनीसंग सम्पर्क गरिरहेको हुन्छु ।’ बशीरले भने, ‘यहाँ आउनुभन्दा पहिले धोनीले मलाई टिकट दिलाउने आश्वासन जनाएका थिए । उनी एक महान व्यक्ति हुन् । उनले २०११ देखि मेरा लागि जे गर्दैआएका छन्, त्यो अरु कसैले गर्न सक्दैनन् ।’

अमेरिकाबाट आएपछि उनी पाकिस्तान र भारतका खेलाडी बसेका होटेलमा गएर खेलाडीलाई समेत भेटेका थिए ।