काठमाडौँ – एनआईसी एशिया बैंकले सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ्ग सेवा जेष्ठ ३१ गतेबाट संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले संचालनमा ल्याएको उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन धनगढीमाइ नगरपालिकाका मेयर हरि नारायण चौधरीले गरेका छन् । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगि लाल महतोलाई नियुक्त गरिएको छ ।


ADVERTISEMENT

# # #


शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयबासीले आफ्नो स्थानीय तहमै प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । उक्त शाखारहित बैंकिङ्ग सेवाबाट विभिन्न किसिमका इभुक्तानीहरु गर्न सकिने बैँकले जनाएको छ ।

बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं ३२ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।