काठमाडौं – विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो ।


ADVERTISEMENT


३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो ।


ADVERTISEMENT

# # #


पाकिस्तानले ४० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन मात्रै बनाएपछि ८९ रनले हार ब्यहोरेको हो । पाकिस्तानका लागि फखर जमानले ६२ रन बनाए । त्यस्तै, बाबर अजामले ४८ रन बनाउँदा इमाद वासिमले अविजित ४६ र शादब खानले अविजित २० रन बनाए ।

विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानलाई वर्षाले निकै दुःख दियो ।

यता, भारतका लागि विजय शंकर, हार्दिक पाण्ड्या र कुलदीप यादवले समान २–२ विकेट लिए ।

यसअघि वर्षाले प्रभावित खेलमा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनायो । भारतको पारीमा ४६.४ ओभरमा पानीले खेल रोकिएको थियो तर, वर्षा रोकिएपछि ओभर घटाइएन, भारत नै ब्याटिङमा आयो ।

म्यानचेष्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतको सुरुवात राम्रो रहृयो । रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि १३६ रनको साझेदारी गरे । रोहितले १४० रन बनाए । उनले ११३ बलमा १४ चौका र ३ छक्का ठोके ।

यस्तै कप्तान विराट कोहलीले ७७ रन बनाए । उनले ६५ बलमा ७ चौका हाने । महेन्द्र सिंह धोनी १ रनमा आउट भए ।

राहुल ७८ बलमा ३ चौका र २ छक्काको मदतमा ५७ रन बनाएर आउट भए । यस्तै विजय शंकर १५ रनमा नटआउट रहे ।

पाकिस्तानका लागि मोहम्मद आमिरले ३ विकेट हात पारे । उनले १० ओभरमा एक् मेडेन राख्दै ४७ रन खर्चिए । यस्तै वाहव रियाज र हसन अलीका नाममा १-१ विकेट रह्यो ।