काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र एपोलो हस्पिटल, नयाँदिल्लीबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


सोमबार भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता अनुसार बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् ।

बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४५ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।