काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्न नदिएपछि पत्रकार सम्मेलनमार्फत प्रधानमनत्री ओलीले आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीका अनुसार पत्रकार सम्मेलन मङ्गलबार बेलुका ५ बजे सिंहदरवारमा आयोजना गरेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएका थिए । तर, काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता भएका थिए ।