काठमाडौँ – सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले अहिले चरणवद्ध आन्दोलन गरिरहेको छ । यसै विषयमा महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत आजदेखि प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ ।


ADVERTISEMENT


महासंघले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै र्वैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा आन्दोलन गरेको थियो । तर, आफ्नो आन्दोलनलाई सरकारले उपक्षा गरेको र मागप्रति गम्भीर नभएको भन्दै महासंघले तेस्रो चरणको आन्दोलन थालेको हो ।


ADVERTISEMENT

# # #


महासंघका देशभर रहेका जिल्ला शाखा-प्रष्ठिान शाखा र एसोसिएट संस्थासहित महासंघ केन्द्रीय कार्यालयमा असार ३ गतेदेखि ५ गतेसम्म संकलन गरिएका हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ ।