काठमाडौँ – अनलाईन प्रणालीमा समस्या आएपछि लोक सेवा आयोगले स्थानीय तह पदपूर्तीका लागि आह्वान गरिएको विज्ञापनको समयावधि थप गरेको छ । आयोगको मंगलबार बसेको बैठकले एक साताको समय थपेको हो ।


ADVERTISEMENT


आयोगले आवेदन दिनेको संख्या जेठ ३० गतेदेखि अत्याधिक बढेकोले आयोगको अनलाइन प्रणालीमा समस्या आउँदा आवेदन दिन कठिनाई भएको भन्दै समय थप गरेको बताएको छ ।


ADVERTISEMENT

# # #


यसअघि असार ३ गते (आज) राति १२ बजेसम्म एकल दस्तुर र असार १० गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने व्यवस्था थियो । आयोगका अनुसार अब असार १० गतेसम्म एकल दस्तुर र असार १७ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

आयोगले गत जेठ १५ गते ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको थियो ।