काठमाडौँ – गायन रियालिटी सो ‘भ्वाइस’को नेपाल संस्करण ‘द भ्वाइस अफ नेपाल सिजन–२’ लाई युनाइटेड सिमेन्ट्सले साथ दिएको छ ।


ADVERTISEMENT


हिमालय टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स अनुबन्ध भएको हो । नेपालकै इतिहासमा यूनाइटेड सिमेन्ट्स नै प्रथम स्वदेशी ब्राण्ड हो जसले यति ठूलो तथा विश्व चर्चित गायन रियालिटी शोमा टाइटल स्पोन्सरको भुमिका निर्वाह गरेको छ ।


ADVERTISEMENT

# # #


हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले युनाइटेड सिमेन्टलाई अुनबन्धित गर्न पाएकोमा खुसी लागेको बताए ।

‘बिश्वको नम्बर एक गायन रियालिटी सो भ्वाइसको टाइटल स्पोन्सरका रुपमा युनाइटेड सिमेन्ट्सजस्तो अग्रणी ब्राण्डलाई अनुबन्ध गर्न पाउँदा निकै हर्ष लागेको छ’ कार्यकारी निर्देशक कडेलले भने– ‘नेपाली संगीतको प्रर्बद्धनमा युनाइटेड सिमेन्ट्सको सहकार्य प्रसारण क्षेत्रमा निकै अर्थपूर्ण हुनेछ ।’

योसँगै भ्वाइस अफ नेपाल सिजन २ मा दुई जना कोच फेरिएका छन् । सिजन २ मा चर्चित गायक राजु लामा (मंगोलियन हर्ट) र लोकप्रिय गायिका आस्था राउत नयाँ कोचका रुपमा भित्रिएका छन् ।

उनीहरु सँगै दीप श्रेष्ठ र प्रमोद खरेल सहित ४ जना कोच यो सिजनका लागि अनुबन्ध भएका छन् ।

झण्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा विभिन्न छनौट चरण पार गरी एक सय भन्दा बढि प्रतिभाहरु ब्लाइन्ड अडिसनका लागि चुनिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

भ्वाइस अफ नेपाल सिजन २ को प्रसारण साउन पहिलो साताबाट प्रशारण हुने बताइएको छ ।