काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गणतन्त्र, लोकतन्त्र र संघीयताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी शुरु भएको बताएका छन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले जनताको शासनका विरुद्ध अति उग्रबामपन्थीदेखि अति दक्षिणपन्थी प्रतिक्रियाबादीसम्म एकजुट भएको दाबी गरे ।


ADVERTISEMENT


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा असंसदीय र अमर्यादित व्यवहार देखाएको र आफूले पहिले बोल्न पाउनुपर्छ भन्नु बालहठ रहेको प्रधानमन्त्री ओलीले बताए ।


ADVERTISEMENT

# # #


‘समसामयिक विषयमा संसदमा जानकारी गराउन प्रधानमन्त्रीले लिएको समयभ्रन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहठ लोकतन्त्रमा कहीँ पनि हुँदैन ।’ प्रधानमन्त्रीले भने, ‘पहिले प्रधानमन्त्रीले त्यसपछि विपक्षी दलको नेताले र त्यसपछि वरियताक्रम अनुसार बोल्ने विश्वव्यापी प्रचलन हो  ।’ कांग्रेसले हरेक क्षेत्रमा निउँ खोज्ने काम गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो

कांग्रेसका सभापति शेरबहादर देउवा समेत आफूले बोल्न पाउनुपर्छ भनेर बेल घेर्न गएको देख्दा आफु आश्र्चर्यचकित भएको प्रधानमन्त्री ओलीले बताए । ‘लोकतान्त्रिक आन्दोलनमा समेत लामो समय साथ दिएका मेरो मित्र शेरबहादुर देउवाजी आफैले नेतृत्व गरेर प्रधानमन्त्रीले होइन मैँले बोल्न पाउनुपर्छ भनेर वेल घेर्न जानु भयो । आश्चिर्यचकित भएँ म ।’ उनले भने, ‘उहाँलाई त्यती संसदीय मर्यादा थाहा हुनुपर्ने ।’

सम्बन्धित समाचार
– कांग्रेसद्वारा संसदमा हंगामा, प्रधानमन्त्रीले बोल्न पाएनन्
– देउवाको प्रश्न : प्रधानमन्त्रीले जवाफ दिने हो, सुरुमा कहाँ बोल्छन् ?
– सरकारले फिर्ता लियो गुठी विधेयक

प्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतन्त्रपछि कसैले ल्याइपुर्याएको नभई आफै लोकतन्त्रकै लागि बलिदानीपूर्ण संघर्ष गरेर आएको सरकार भएकाले यसका मूल्यमान्यताप्रति सजक रहेको बताए ।

अहिलेको सरकार हरुले ल्याइदिएको लोकतान्त्रिक पद्धतीलाई स्वीकारेर आएको मात्रै होइन, अहिलेको सरकार लोकतान्त्रिक आन्दोलनको अग्रभागमा रहेर बलिदानपूर्ण संघर्ष गरेर आएको हो । संविधान लेखेर आएको हो ।’ उनले भने, ‘अहिलेको सरकार लोकतन्त्रको रक्षाका निम्ती प्रतिवद्ध सरकार हो । लोकतन्त्रका मूल्य एवम् मान्यताप्रति यो सरकार सजक छ ।’

उनले समृद्धिका कामहरु अगाडि बढेको देख्दा केही तत्वहरु आत्तिएको बताए ।

सरोकारवालाकै अनुरोधमा गुठी विधेयक

प्रधानमन्त्री ओलीले सम्बन्धित सरोकारवालाकै अनुरोधमा गुठीसम्बन्धी विधेयक ल्याएको बताए । उनले गुठी संस्थानलाई पुनगर्ठन र व्यवस्थित गर्न खोज्दा उल्टो भ्रमणपूर्ण कुरा प्रचारमा लगेर एक साता बाहिर हुँदा देशभित्र तनाव बढाउने काम भएको बताए ।

‘अहिले ल्याउन खोजेको विधेयक गुठी संरक्षण गर्नका लागि हो । तिनीहरु हिनामिना नभई सञ्चालन हुन् भन्नका लागि हो । तर यसविरुद्धको आन्दोलनमा कस्ता कस्ता मान्छे छन् भन्ने कुरा म सम्झिरहेको छु,” उनले भने, “यहाँ त एउटा हरियो स्याउलो भित्र हजार वटा हरेउ देखा परे । यिनीहरु लोकतन्त्रको जरा काट्न हजार वटा कैंची लिएर बसेका छन् ।”

भूमि व्यवस्था तथा सहकारी मन्त्रीले गुठी विधेयक फिर्ता लिएर बुद्धिमत्तापूर्ण निर्णय गरेको भन्दै उनले यसको सर्मथन गरे

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले भन्दा पहिले प्रतिपक्षी दलको नेताले बोल्न पाउनुपर्ने भन्दै संसद अवरुद्ध गरेको थियो । संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राखेका हुन् ।