काठमाण्डौ। कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी अस्पताल भर्ना हुनुभएको छ ।


ADVERTISEMENT


सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी चार वर्षअघि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका सांसद चौधरी काठमाण्डौको वीर अस्पताल भर्ना हुनुभएको हो ।


ADVERTISEMENT

# # #


फोक्सो र बोनम्यारोमा समस्या देखिएकाले अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उहाँका भाइ मिठुलाल चौधरीले हिमालयपोष्ट लार्इृ जानकारी दिनुभयो ।

चौधरी केही समयदेखि अस्पतालमा नियमित जाँचका लागि जाने गर्नुभएको थियो । बिहीबार स्वाश फेर्न र हिँड्नसमेत अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको उहाँका भाई मिठुलाल चौधरीले बताउनुभयो ।

चौधरीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएको उहाँले जानकारी दिनुभयो ।

२०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उहाँ १५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन विताइरहनु भएको छ । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।

गएको प्रतिनिधिसभा निर्वाचनमा उहाँ कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी हुनुभएको थियो ।