काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सोमपाल कामी पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको फ्रेन्चाइज लिग खेल्ने भएका छन् । उनी क्यानडाको जी टी-२० क्रिकेट प्रतियोगिताका लागि छानिएका हुन् ।


ADVERTISEMENT


बिहीबार भएको ड्राफ्टमा सोमपाल छानिएका हुन् । उनलाई ११ औं राउन्डमा विनिपिग हक्सले लिएको हो । सोमपालको टिममा डरेन ब्राभो, जेपी डुमिनी, साइमन अनवर लगायत छन् ।


ADVERTISEMENT

# # #


सोमपाले आफ्नो न्यूनतम मूल्य तीन हजार अमेरिकी डलर राखेका थिए । विनिपिग हक्सले उनलाई न्युनतम मुल्यमा किनेको हो ।

यस्तै अर्का नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि जी टी-२० खेल्ने भएका छन् । गत वर्ष मोन्ट्राल टाइगर्सबाट खेलेका उनी यो वर्ष भने टोरन्टो नेसनलमा आवद्ध भएका हुन् । त्यसबापत उनले ६० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।

उनको टिममा युवराज सिंह, टेन्ट बोल्ट, ब्रेन्डन म्याकमल, किरण पोलार्ड लगायत छन् ।

प्रतियोगिता २५ जुलाइबाट अगस्ट ११सम्म चल्ने छ ।