काठमाडौँ – एनआईसी एशिया बैंकले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इ–सेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुविधा ल्याएको छ ।


ADVERTISEMENT


यसभन्दा पहिले ग्राहकले आफ्नो मोवाइल बैंकिङ्ग वा इ–बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सक्थे भने अब ‘इ–सेवा काउन्टर डिपोजिट’ को सेवाबाट पनि इ–सेवाकोको एजेन्ट तथा ग्राहकले बैंकको
आफूलाई पायक पर्ने जुनसुकै शाखामा गई काउण्टरबाट नै रकम जम्मा गर्न सक्ने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।