काठमाडौं– राजपा नेता तथा सांसद रेशम चौधरीलाई उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले विरोध गरेका छन् ।
उनले अस्पतालमा चौधरीलाई भेटेको एक तस्बिर सार्वजनिक गर्दै भनेका छन्,१४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो।


ADVERTISEMENT


‘हिजो निरंकुश राजतन्त्रलेआतंकवादी र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण सरकार र नेताहरुप्रति कटाक्ष गर्दै भट्टराईले भनेका छन् ।


ADVERTISEMENT

# # #


टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारका निम्ति अहिले वीर अस्पतालमा राखिएको छ । उनलाई नेल लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।