काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका सर्लाही जिल्ला इन्चार्ज मारिएपछि नेपालबन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।


ADVERTISEMENT


बिहीबार सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको दोहोरो भिडन्तमा प्रहरीको गोली लागी मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव विप्लवले विज्ञप्तिमा जनाएका छन् । विज्ञप्तिमा असार ५ गते भएको पौडेल हतयकाण्डको छानविनको माग समेत गरिएको छ ।

विप्लवले  गौतमको हत्याको बदला लिने चेतावनी दिएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘पार्टी फाँसीवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान शहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिवद्धता गर्दछ ।’

यस्ता छन् आन्दोलन :

असार ७ गते : प्रचार–प्रसार,
असार ८ गते : कोणसभा तथा घरदैलो
असार ९ गते : मसाल जुलुस
असार १० गते : नेपाल बन्द