धादिङ – धादिङको गल्छी गाउँपालिका–६ स्थित बाझगाउँमा भएको जीप दुर्घटनामा परी मुत्यु हुनेको संख्या ५ पुगेको छ । जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


धादिङको कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छीको बाझगाउँमा शुक्रबार बिहान दुर्घटना भएको थियो ।


ADVERTISEMENT

# # #


गाउँबाट तरकारी बोकेर जीप बैरेनीतर्फ आइरहेको बेला सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो यसबारे अनुसन्धान भइरहेको प्रहरी चौकी बैरेनीका सइ जनक बस्नेतले जानकारी दिए।

दुर्घटनामा मृत्यु हुनेमा गल्छी गाउँपालिका ६ का नानु तामाङ, सोही ठाउँका कान्छी भुजेल, गल्छी गाउँपालिका ४ कासेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेल हुन्। यस्तै ठेगाना नखुलेको समिक्षा अधिकारीको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

दुर्घटनामा परी अन्य १० जना यात्रु घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। जीपका चालक र सहचालको अवस्था भने खुल्न सकेको छैन।