काठमाडौँ – विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३०९ रनको चुनौति दिएको छ । इङ्ल्याण्डको लर्डस मैदानमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०८ रन बनायो ।


ADVERTISEMENT


पाकिस्तानका लागि हरिस सोहेलले सर्वाधिक ८९ रन बनाए । उनले ५९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । पाकिस्तानलाई फाखर जमान र इमाम उल हकले राम्रो साझेदारी दिलाए । उनीहरुले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरे । दुबैजनाले समान ४४ रनको योगदान दिए । यस्तै बाबर हजामले ६९ रनको योगदान दिए । उनले ८० बलमा ७ चौका हाने ।


ADVERTISEMENT

# # #


चौथो विकेटका लागि हरिस सोहेल र बाबर अजामले ८१ तथा इमाद वासिम र हरिसले ७१ रनको साझेदारी गरेपछि पाकिस्तानले इङल्याण्डको मैदानमा ३ सय बढी रनको चुनौति दिएको हो । इमान वासिम २३ रनमा आउट भए भने मोहम्म्द हाफिजले २० रन जोडे ।

दक्षिण अफ्रिकाका लागि लुंगी निग्दीले सर्वाधिक ३ विकेट लिए । १० ओभरमा उनले ६४ रन खर्चिए । यस्तै इमरान ताहिरले २ विकेट लिए । सुरुवाती दुई ब्याट्सम्यानलाई पेवेलियन फर्काएका उनले १० ओभरमा ४१ रन खर्चिए । अदेन मरकरम र एन्दिले फेलुवाओले समान १-१ विकेट लिए ।