पर्सा – हुण्डी कारोबारमा संलग्न ८ जना पक्राउ परेका छन् । प्रहरीले वीरगंज महानगरपालिका–६ माईस्थानबाट सोमबार नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ केजी ९० ग्राम चाँदी जस्तो देखिने वस्तुसहित दिउँसो पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिका–७ का  बिनोद सुनार, पर्सा छिपहरमाई नगरपालिका–२ का राज कपुर साह, पर्सा वीरगंज महानगरपालिका–१० का चन्दन कुमार सर्राफ, पर्सा वीरगंज महानगरपालिका-६ का राकेश कुमार सिंह, पर्सा विन्दवासिनी गाउँपालिका-२ का सुजित कुमार साह रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै बारा परवानीपर गाउँपालिका-१ बुनियाद का घनश्याम सर्राफ, भारत विहार मोतिहारी पूर्वी चम्पारण का सुनिल कुमार प्रसाद र भारत विहार मोतिहार नैनपुर का ३५ वर्षीय गुलाब साह पनि पक्राउ परेका छन् ।।

उक्त ठाउँस्थित केपी स्वर्णकलाकेन्द्र सुनचाँदी पसल मा हुण्डी कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

साथै जिल्ला प्रहरी कार्यालय पर्सा र आन्तरिक राजश्व कार्यालय वीरगंजबाट खटिएको संयुक्त टोलीले उक्त पसल सिल गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।