काठमाडौं– बन्द गराउँदै हिँड्ने कार्यमा संलग्न ७ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलले देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता भागिराज राई पक्राउ परेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी कास्कीबाट १ जना मकवानपुरबाट १ जना र पश्चिम रुकुमबाट एक जना पक्राउ परेका छन् ।

यसैगरी देशका २० स्थानमा संकास्पद बस्तु फेला परेकोमा ९ वटा शंकास्पद बस्तु आतंक सिर्जना गर्नेगरी नक्कली वस्तु मात्रै राखिएको पाइएको छ। अन्य शंकास्पद बस्तु भने नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले ३ स्थानमा ग्यास सिलिन्डर बम फेला परेको जनाएको छ । यस्तै २ स्थानमा सकेट बम, एक स्थानमा सुतली बम, एसिड बम र टाइम बम फेला परेको छ भने ४ ठाउँमा तोडफोटको घटना भएको छ ।