काठमाडौँ – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७/०७७ का लागि कुल बजेट १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बिनियोजन गरेको छ ।


ADVERTISEMENT


जसअन्तर्गत पुँजीगत तर्फ (कुल बजेटको १०.८० प्रतिशत) एक अर्ब ५५ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ । त्यसै गरी पारिश्रमिक सुविधा खर्चका लागि (कुल बजेटको ९.८१ प्रतिशत) एक अर्ब ४१ करोड ५ लाख, कार्यालय सञ्चालन तथा व्यवस्थापनमा (४.१२ प्रतिशत) ५९ करोड ४३ लाख ५० हजार रुपैयाँ छुट्याएको छ ।


ADVERTISEMENT

# # #


त्यसै गरी महानगरपालिकाले पूर्वाधार सुधार तथा अन्य विकासका कामका लागि (५१.७४ प्रतिशत) ७ अर्ब ४३ करोड ९७ लाख ९२ हजार, जग्गा एकीकरण अयोजनाका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार रुपैयाँ बिनियोजन गरेको छ । बजेटमा सरकार सशर्त अनुदान बापत पूँजीगत खर्च तीन अर्ब ३८ करोड ६ लाख रुपैयाँ छ ।