काठमाडौँ – एनआईसी एशिया बैंक र धनगढीको चटकपुरस्थित सीपी हस्पिटल बीच सम्झौता भएको छ ।


ADVERTISEMENT


बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सीपी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सीपी हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका छन् ।

बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।