ललितपुर – ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७को लागि पाँच अर्ब १८ करोड रुपियाँ वराबरको बजेट पारित गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाको चौथौं नगरसभामा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पेश गर्नुभएको उक्त बजेट सर्वसम्मतले पारित भएको हो ।


ADVERTISEMENT


बजेटमा पूर्वाधार विकासका लागि दुई अर्ब ७३ लाख ६३ हजार, सामाजिक सुरक्षाको लागि ४६ करोड, सामाजिक विकासका लागि १६ करोड, ८४ लाख , वातावरण तथा विपद ब्यवस्थापनको लागि १६ करोड ५५ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनको लागि दुई करोड, २५ लाख रुपियाँ विनियोजन गरेको छ


ADVERTISEMENT

# # #


नगरसभा उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विकास र सेवाका विषयमा कुनै पनि हालतमा राजनीति गर्ने छुट कसैलाई नहुने बताए ।

उनले संघीय निजामति सेवा ऐन, प्रदेसभामा निजामति मापदण्ड र आधार, स्थानीय मापदण्ड र आधारहरू पास हुने अवस्थामा रहेको जानकारी गराए ।