चितवन – भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT


महानगरको मंगलबार सार्वजनिक बजेटमा रंगशालाका लागि महानगरको तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँचरपाँच लाख गरी ६ करोड ४५ लाख बजेट विनियोजन गरिएको हो । बजेट प्रस्तुत गर्दै उपमेयर पार्वती शाहले २९ वडाबाट पाँचरपाँच लाख र विनियोजन गरिएको बताइन् ।


ADVERTISEMENT

# # #


यसअघि प्रदेश नम्बर ३ सरकारले रंगशाला निर्माणका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पैसा अभावका कारण रंगशाला निर्माण नरोकिने बताए । चौथो नगरसभालाई सम्वोधन गदैं प्रचण्डले भने, ‘अप्ठ्यारो पर्दा सरकारले जिम्मा लिन्छ, पैंसाको कारणबाट रंगशाला निर्माणको काम रोकिदैन, अब यो भन्दा बढी भन्न आवश्यक छैन ।’

संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा निजी क्षेत्रले निर्माण अघि बढाएका रंगशालालाई प्रोत्साहन गर्ने उल्लेख गरिएको भन्दै उनले भने, ‘मेरो त गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भन्ने नाम नै किटानी गर्ने इच्छा थियो तर, म सरकार त होइन । जे होस् त्यो भनिएको यसैलाई हो ।’