काठमाडौं – समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई पार्टी सदस्यबाट ६ महिनालाई निलम्बन गरेको छ । लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएको भन्दै उनलाई निलम्बन गरिएको हो ।


ADVERTISEMENT


गत मेमा भएको कार्यक्रममा यादवसँगै राजपाका सांसद एकवाल मियाँ सहभागी भएका थिए । नेपाली सांसद स्वतन्त्र तिब्बत माग गर्दै भएको कार्यक्रममा सहभागी भएको खबर सार्वजनिक भए लगत्तै काठमाडौंस्थित चिनियाँ दूतावासले समेत चासो देखाएको थियो ।


ADVERTISEMENT

# # #


समाजवादी पार्टीले लाटभिया भ्रमणबारे सांसद यादवसँग स्पष्टीकरण सोधेको थियो ।

यादवको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीको पदाधिकारी बैठकले ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । उपमहासचिव प्रकाश अधिकारीले भने, ‘पार्टीको नीति विपरीत काम गरेको पाइएकाले निलम्बनको निर्णय गरिएको हो ।’

उनका अनुसार सांसद यादवलाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो । सांसद पदबाट निलम्बन गर्ने नगर्ने कुनै निर्णय भएको छैन ।