काठमाडौँ – नेपाली काँग्रेसका युवा नेता एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले कम्युनिस्ट आन्दोलनमा हालसम्म विश्व भरिमा ५ करोड भन्दा बढी मानिस मारिएको र अझै मान्छे मार्ने अभियान जारी रहेकाले कम्युनिस्ट आन्दोलन जनताका नाममा कलंकका रुपमा देखिन थालेको बताएका छन ।


ADVERTISEMENT


युरोपस्थित कांग्रेसका जनसम्पर्क समितिहरुका विभिन्न देशहरुको कार्यक्रम व्यस्त रहेका महरले मार्क्स जन्मेको घरको अवलोकन पछि जर्मनीको ट्रेरियर शहरको एक कार्यक्रममा बोल्दै मार्क्स एक दार्शनिक भए पनि उनले सोचेको कम्युनिस्ट विचारले संसारको कुनै कुनामामा पनि राजनैतिक अधिकार सहितको शान्तिपुर्ण राम राज्य स्थापित हुन नसकेको वताए ।


ADVERTISEMENT

# # #


‘कम्युनिस्ट वरदान होईन कि अभिसापका रुपमा परिणत भएको छ । स्वयं मार्क्स जन्मेको देश र शहरमा उनले प्रतिपादित गरेको कम्युनिस्ट विचारधारा ‘शून्य भ्यालु’मा झरेको छ ।’ उनले भने, ‘मार्क्सको देश जर्मनका जनतासमेत वर्लिनको पर्खाल जस्तै अव दुनियामा कुनै पनि जनताले कम्युनिस्ट पर्खालको चारदीवारी भित्र वस्नु नपरोस भन्ने पक्षमा रहेका छन् ।’

अहिले प्रजातान्त्रिक विश्वको युग भएकाले दुनियाको कुनै पनि मुलुक प्रजातान्तिक पद्दतीबाट भाग्न नसक्ने बताउँदै महरले नेपालको कम्युनिस्ट सर्वसत्तावीदी प्ररभुत्व मिथ्या र क्षणीक भएकाले छिटै पतन हुने जिकिर गरे । साथै उनले प्रजातान्त्रिक नेपालमा देशले समृद्धि प्राप्त गर्ने कुरामा ढुक्क रहन विदेशमा रहेका डायस्पोरा नेपालीसंग आग्रह गरे ।