काठमाडौं– नेपाली सेनाले ‘एक जवान, एक बिरुवा’ (फलफूलको बोट) रोपण अभियानको सुरुवात गरेको छ ।


ADVERTISEMENT


सरकारको एक नेपाली एक बिरुवा रोपन अभियानलाई मूर्त रुप दिन सेनाले सो कार्यक्रमको सुरुवात गरिएको जनाएको छ । सोही कार्यक्रम अन्तर्गत शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डा हाताभित्र विभिन्न जातका फलफूलका विरुवा रोपेर अभियानको सुरुवात गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानसेनापति थापाको उपस्थितिमा जंगी अड्डा हाताभित्र २ सय ५० वटा विभिन्न जातका फलफूलका बिरुवा रोपिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनाल जंगी अड्डाले जनाएको छ । बृक्षारोपण कार्यक्रममा जंगी अड्डामा कार्यरत सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सेनाले देशभरका पृतना, बाहिनी, गण र गुल्महरुमा १ लाख ५० हजार ९ सय ७७ वटा विभिन्न जातका स्थानीय हावापानी सुहाउँदा फलफूल तथा अन्या बिरुवा रोप्ने तयारी गरेको छ ।