तनहुँ– ट्रकभित्र महिलालाई जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नं. ३ सुर्यचोक बस्ने ३२ बर्षका सहचालक गोपाल भण्डारी र मोरङ उर्लाबारीकै ३१ बर्षका चालक विमल ढकाल रहेका छन् । उनीहरुले असार ११ नवलपरासीबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नं. को ट्रकमा एक महिलालाई नवलपुरस्थित डण्डा भन्ने स्थानबाट लिफ्ट दिएका थिए ।


ADVERTISEMENT


ट्रकमा लिफ्ट दिएकी महिलालाई दुवैले तनहुँ व्यास नगरपालिका वडा नं.१२ छिर्कने स्थित पृथ्वीराजमार्ग सडक किनारामा लगेर जबरजस्ती करणी गरेका थिए । घटनाबारे गण्डकी प्रदेश प्रहरी कार्यालयबाट सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोली ट्रक र संलग्न ब्यक्तिहरुको खोजीमा जुटेपछि उनीहरु पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


तनहुँ ब्यास नगरपालिका वडा नं. ३ बनबाटिका चौर नजिकैबाट दुवैलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । पक्राउपछि तनहुँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।