एजेन्सी – जारी विश्वकप क्रिकेटमा आज आयोजक इङ्ल्याण्ड र भारत भिड्दैछन् । ६ खेलमा पाँच जितसहित ११ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको भारत अविजित रहँदै सेमिफाइनल पुग्ने दाउमा रहेको छ ।


ADVERTISEMENT


७ खेलमा ४ जितसहित ८ अंकका साथ पाचौँ स्थानमा रहेको इङ्ल्याण्ड भारतको विजयी यात्रामा पूर्णविराम लगाएर आफ्नो सेमिफाइनलको यात्रा जीवितै राख्न चाहन्छ ।


ADVERTISEMENT

# # #


इङ्ल्याण्डविरुद्ध आज भारतीय टिमले फरक जर्सी लगाउँदैछ । सँधै निलो जर्सी लगाउँदै आएको भारत आज भने गेरु रङको जर्सी लगाउने छ । विश्वकपको नियम अनुसार एउटै खेलमा दुुबै टिमका जर्सीको रङ एउटै भएमा एउटा टिमले जर्सीको रङ परिवर्तन गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा घरेलु टिमलाई केही मान्यता बढी मान्यता दिइने हुनाले विपक्षी टिमले आफ्नो जसी परिवर्तन गर्नुपर्ने हुन्छ ।

इङ्ल्याण्ड आयोजक भएको नाताले उसले आफ्नो जर्सी परिवर्तन नगर्ने भएकाले भारतले आफ्नो जर्सी परिवर्तन गर्न लागेको हो ।