काठमाडौं,१७ असार,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरीको नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


पोखरा विश्व विद्यालयको २० औं साधारणसभालाई आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। उनले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउनसक्ने उल्लेख गरे। “हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ । देशमा काम पाएको छैन । पायो भने सीप र क्षमता छैन ” प्रधानमन्त्री ओलीले भने “त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहींबाट कार्यन्वयन सुरु गर्नुपर्दछ । ”


ADVERTISEMENT

# # #


उनले नेपाल विद्वान पूर्खाको देश भएको बताए । पौराणिक कालका ऋषीमुनीहरुले यही भूमीबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै उनले भने, “शाशकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको हो तर अब यो अवस्था लामो समय रहदैन । ”

प्रधानमन्त्री ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा ठुलो ठुलो योग्यता हासिल गरेका मानिसहरु पनि बरोजगार बन्नुपरेको बताए । “कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउदैनन्” उनले भने, “यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ । त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नु पर्दछ । ”

उनले त्यस ठाउँको आवश्यकता, रोजगारीको अवसर आदि कुराको विश्लेषण गरेर मात्र विश्वविद्यालयहरुले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने बताए । “ विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस ” प्रधानमन्त्री ओलीने ।