काठमाडौँ – रोटरी क्लब कान्तिपुरले आफ्नो २० औँ स्थापना दिवस मनाएको छ । मंगलबार काठमाडौमा विविध कार्यक्रमको आयोजना गर्दै क्लबले आफ्नो २० औँ स्थापना दिवस मनाएको हो ।


ADVERTISEMENT


स्थापनाकालदेखि नै प्राकृतिक प्रकोप र विभिन्न रोगको प्रकोप नियन्त्रणका लागि चेतना बिस्तार लगायतका सामाजिक कार्यमा सहभागि हुदै आएको छ । क्लबले स्थापना दिवसका अवसरमा क्लबका अध्यक्ष किरणनाथ प्याकुरेलले क्लबले सामाजिक कार्यमा स्थापनाकालदेखि गरेका कामबारे जानकारी दिँदै आगामी दिनमा यसक्षेत्रमा गर्ने काम र प्रयासबारे जानकारी दिए ।


ADVERTISEMENT

# # #


शिक्षा, स्वास्थ्य, खानेपानी, लगायतका आधारभूत आवश्यकबाट टाढा रहेकाहरु विषेशगरी बालबालिका , महिला, ज्येष्ठ नागरिकका लागि सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि क्लबले सहयोग गर्दै आएको छ । सो अवसरमा क्लबका अध्यक्ष प्याकुरेलले शिक्षामा महत्वपूर्ण योगदान पुर्याउने शंखेश्वर महालक्ष्मी विद्यालय काभ्रेपलान्चोकका प्रधनाध्यापक तेजबहादुर तामाङलाई १० हजार नगद र सम्मानपत्र प्रदान गरे ।

संस्थाले २०७२ सालमा आएको विनाशकारी भुकम्पबाट प्रभावित मकवानपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायतका जिल्लाहरुमा राहत वितरण, स्वास्थ्य शिविर सन्चालन, र विपदका समय सर्वसाधारणलाई सचेत गराउन आवश्यक परामर्श समेत प्रदान गरेको थियो ।

क्लबले समाजमा पिछडिएका, आर्थिक अवस्था कमजोर भई शिक्षा , स्वास्थ्य जस्ता आधारभुत आवश्यकताको पहुँचबाट टाढा रहेका वर्गहरुको उत्थानका लागि आर्थिक सहयोग जुटाउन विभिन्न स्थानमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।