एजेन्सी – भारतीय कांग्रेस पार्टीको अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् । लोकसभा निर्वाचनमा मिलेको हारको जिम्मेवारी दिँदै राहुलले राजनीनामा दिएका हुन् ।


ADVERTISEMENT


उनले बुधबार चार पेज लामो पत्र लेख्दै ट्वीटरमार्फत राजीनामाको घोषणा गरे । कांग्रेसको अध्यक्षमा रहनु आफ्नो लागी गर्वको कुरा रहेको भन्दै राहुलले पार्टी र जनताबाट मिलेको मायाका लागि आभारी रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


‘पार्टी अध्यक्षको नाताले लोकसभा चुनावमा भएको हारको जिम्मेवारी म लिन्छु। कांग्रेसको अध्यक्ष रहेर बस्नु मेरा लागि सम्मानको कुरा थियो, तर पार्टीको भविष्यका लागि जवाफदेशिता आवश्यक हुन्छ । यही कारण मैँले अध्यक्ष पदबाट राजीनामा दिएको छु ।’ चार पेज लामो पत्रमा उनले लेखेका छन्, ‘ पार्टीले कडा निर्णय लिन र बाँकी नेतालाई जवाफदेही बनाउन आवश्यक छ ।’

राहुल २०१७ डिसेम्बरमा कांग्रेस अध्यक्ष बनेका थिए ।

यस्तो छ राहुल राजीनामा पत्र