काठमाडौँ – सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्काटाले विप्लव समूहले क्रान्तिका नाममा गरेको वितण्डा सरकारलाई सैह्य नहुने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले विप्लव समूहले लुटपाटको धन्दा चलाएको र यो क्रमशः संगठित आतंकवादतर्फ उन्मुख रहेको भन्दै सरकारले जंगली राजलाई छुट दिन नसक्ने बताए ।


ADVERTISEMENT

# # #


वार्तामा आउन सरकारको आह्वानलाई विप्लव समूहले नटेरेको भन्दै उनले जनताले हिंसालाई अस्वीकार गरेको कुरा विप्लव समूहले बुझ्नुपर्ने बताए । रक्तपिपासु मानसिकता नेपाली समाजले अस्वीकार गरेको भन्दै मन्त्री बास्कोटाले क्रान्तिका नाममा स्कुल बन्द गराएर वितण्डा नमच्चाउन विप्लव समूहलाई चेतावनी दिए ।

‘क्रान्तिका नाममा स्कुल बन्द ? बितण्डा हो नि यो ।’ उनले भने, ‘हामीमाथिको निगरानी छोड भनिरहने, धम्क्याइरहेने, कमिसन माग्ने, ठेक्कापट्टा आदी इत्यादी । यो जंगली राज त चल्दैन । यसलाई कुनैपनि हालतमा छुट दिन सकिन्नँ ।’

उनले विप्लव समूहले प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेकोमा समेत आक्रोश पोखे । मन्त्री बास्कोटाले अघि भने, ‘उहाँहरुले निर्दोष मान्छे मार्दा क्रान्ति र प्रहरीले पक्राउ गर्ने खोज्दा गोली चलाउँदा कोही झुक्किएर पर्न गयो भने दमन ?’ दुइ तिहाईको सरकार सिमलको भुवा जस्तो नभएको भन्दै उनले अघि भने, ‘चुनाव लड्ने हुति छैन, १२ वटा सिम फेरेर तर्साएर के हुन्छ ? यसबाट सरकार तर्सिँदैन ।’

विप्लव समूह मार्क्सवादी नभई उपयोगितावादी, अराजकतावादी र संगठित आतंकवाद भएको जिकिर गर्दै मन्त्री बाँस्कोटाले भने, ‘उहाँहरु लुटेरा समूह हो । क्रमशः संगठित आतंकवाद र सामाजिक फाँसीवाद हो ।’ उनले लुटपाट र आतंकवादको भन्दा जारी राखेमा विप्लव समूह क्षती व्यहोर्न तयार रहनुपर्ने बताए ।