काठमाडौं– एभरेष्ट बैंकले शान्तिघाट, पोखरामा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ ।


ADVERTISEMENT


मेशीनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ जसले नष्ट हुने तातोलाई सदुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधि पनि कम गर्दछ । यसले २५० केजीभन्दा बढि प्रति दाहसंस्कारका लागि प्रयोग हुने काठ जोगाउँछ र वन विनाशलाई नियन्त्रण गर्दछ ।


ADVERTISEMENT

# # #


यस प्रणालीमा चिसो स्क्रबरको माध्यमबाट धुवाँ बाहिर निस्किने भएकाले जोखिमपूर्ण वायू प्रदूषक र विषादी पदार्थहरु वायुमण्डलमा पुग्नुअघि हटाउछ र प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउँछ ।

यो मेशीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पोखरा महानगरपालिकाका उममेयर तथा सम्पुर्ण वडा अध्यक्षहरुको उस्थितिमा मेयर मान बहादुर जि।सी। लाई हस्तान्तरण गरिएको छ ।

निर्देशक तथा ईबीएल सीएसआर समितिका अध्यक्ष डा। बाल गोपाल बैद्य, ईबीएल सीएसआर समितिका सदस्य डा। गणेश गुरुङ तथा एभरेष्ट बैंकका डेपूटी जनरल म्यानेजर राजीव जैनले मेशीन हस्तान्तरण गरेका छन् ।