एजेन्सी – महाराष्ट्रका जलस्रोतमन्त्री तानाजी सावन्तले रन्तागिरी जिल्लाको तिवारे बाँध भत्किनुमा बाँध क्षेत्रमा जम्मा भएका ठूलो संख्याका गंगटो जिम्मेवार भएको बताएका छन् । सो घटनामा हालसम्म १८ जनाले ज्यान गुमाएका छन् ।


ADVERTISEMENT


‘बाँधमा त्यसअघि चुहावट थिएन । बाँध क्षेत्रमा ठूलो संख्यामा गंगटो जम्मा भएपछि चुहावट भएको हो । स्थानीयहरुले यसबारे जानकारी गराएपछि त्यसलाई रोक्ने प्रयास पनि भएको थियो । घटना दूर्भाग्यपूर्ण छ,’ उनले विहीबार भने ।


ADVERTISEMENT

# # #


के निर्माण कार्य नै कमसल थियो भन्ने प्रश्नमा उनले यसबारे आफूले कृषक र गाउँका जनताबाट थाहा पाएको बताए ।

नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)ले हालसम्म १८ जनाको शव फेला परेको छ ।

गत जुन ३ मा बाँध भत्किँदा त्यसभन्दा तल बाढी आएको थियो जसले गर्दा बाँध नजिकै रहेका १२ घर बगाएको थियो ।