काठमाडौँ – मलेसियामा जारी यू–१९ एसिया कप क्रिकेटको पूर्वी क्षेत्र छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई ३२७ रनको विशाल चुनौति दिएको छ । रित गौतमको शतक र कुशल मल्लको आक्रामक अर्धशतकमा नेपालले पहिलो पटक यू-१९ मा विशाल योगफल तयार पारेको हो ।


ADVERTISEMENT


मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२६ रन बनायो । नेपाललाई विशाल योगफल तर्फ लैजान रित गौतमले शतक हाने । रितले १३७ बलमा नटआउट ११५ रन हाने । त्यसक्रममा उनले १० चौका र एक छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


रितले उनले पहिलो विकेटका पवत सर्राफसंग ९२ रनको साझेदारी गरेका थिए । पवनले ४१ बलमा १० चौकाको मदतमा ४५ रन बनाए । यस्तै तेस्राने नम्बरमा आएका खडक बोहराले शानदार ब्याटिङ गरे । रित गौतमसंग मिलेर १३१ रनको साझेदारी गरेका उनले दोस्रो विकेटका रुपमा आउट हुनुअघि ९० बलमा ९० रन बनाए । शतक बनाउनबाट १० रनले चुकेका खडकले त्यसक्रममा १२ वटा चौका प्रहार गरे ।

विशाल विक्रम केसीले १ र कप्तान रोहित पौडेल ७ रनमा आउट भए । छैटौँ नम्बरमा आएका कुशल मल्लले विष्फोटक ब्याटिङ गरे । उनले मात्र २३ बलमा नटआउट अर्धशतक (५१ रन) बनाए । ५ छक्का र ४ चौका प्रहार गर्दै उनले नेपाललाई विशाल योगफलसम्म पुर्याए । उनले अन्तिम ओभरमा २२ रन जोडेका थिए ।

कुशलले रित गौतमसंग मिलेर मात्र ४२ बलमा नटआउट ८२ रनको साझेदारी गरे ।

सिंगापुरका लागि विनित चितेश मेहता र प्रणव क्रिशनले समान २-२ विकेट लिए ।