काठमाडौँ – खानेपानीमन्त्री बीना मगरले तराईरमधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताएकी छन् ।


ADVERTISEMENT


राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाउनु भएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


उनले पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न ठेक्का भई काम द्रुत रुपमा अगाडि बढेको बताउँदै दोस्रो चरणको मेलम्ची खानेपानी आयोजनाको काम पनि जारी नै रहेको छ , ढुक्क हुनुहोस् अब मेलम्चीको पानी उपत्यका आउँछ भनिन् । पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाका बाँकी काम निर्धारित समयमै सम्पन्न हुनेमा मन्त्रालय आशावादी रहेको उनले जानकारी दिइन् ।

मन्त्री मगरले संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले यसै अनुरुप सबै जनतालाई खानेपानी र सरसफाइको पहुँच पुर्याउन आफ्ना नीति र कार्यक्रम केन्द्रित गरेको उल्लेख गरिन् । सन् २०३० सम्म खानेपानी र सरसफाइसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।

उनले भनिन् “आधारभूत खानेपानीको पहुँच ८८ प्रतिशत र सरसफाइको पहुँच ९९ जनसङ्ख्यामा पुगेको छ । अबको कार्य पुगेको सेवालाई गुणस्तरीय र भरपर्दो बनाउनु हो ।”

उनले भूकम्पले क्षति पु¥याएका खानेपानी र सरसफाइ योजना अगामी वर्षभित्र सम्पन्न हुने, विश्व बैंकको आर्थिक एवम् प्राविधिक सहयोगमा ग्रामीण खानेपानी र सरसफाइ योजना लागू हुने, पोखरा, भरतपुर जस्ता ठूला शहरमा ठूला शहरी खानेपानी आयोजना कार्यान्वयनमा आएको बताए ।

मन्त्री मगरले भनिन्, “गोरखा, पाल्पा र रामेछापका सुख्खा ग्रामीण क्षेत्रमा लिफ्ट प्रविधिबाट खानेपानी पुर्याइएको छ । खानेपानी र सरसफाइका संरचनालाई कम विपद् जोखिम बनाइँदैछ ।”

मन्त्री मगरले एक घर एक धारा र शौचालय बनाउने कार्यक्रम सरकारको रहेको जानकारी दिँदै आगामी वर्ष सबै जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा हुने जानकारी दिइन् ।