काठमाडौँ – एनआईसी एशिया बैंकले एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैँकले झापाको अर्जुनधारा नगरपालिका–२, खुदनाबारी, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११, मोग्लाह र मोरङ्गको सुनवर्षी नगरपालिका–२, अमरदहमा शाखारहित सेवा सञ्चालन गरेको हो ।


ADVERTISEMENT


बैंकले संचालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन अर्जुनधारा नगरपालिका–२ का वडा अध्यक्ष रघुनाथ खनालले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा खड्ग माया पराजुलीलाई नियुक्त गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै मोग्लाह शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका–५ का वडा अध्यक्ष खुर्सेद आलमले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा जलालुद्दीन मुसलमानलाई नियुक्त गरिएको छ ।

यस्तै अमरदह शाखारहित बैंकिङ्गसेवाको उद्घाटन सुनबर्षी नगरपालिका वडा–३ का वडा अध्यक्ष टेक बहादुर विष्टज्यूले गरे। अमरदह शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा योगेन्द्र संग्रौलाज्यूलाई नियुक्त गरिएको बैँकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् विभिन्न किसिमका बैंकिङ सेवा लिन सक्नेछन् । यस्तो सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने वा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकले मुलुकभर २८५ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।