काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ पहिलो साता भारत भ्रमण गर्ने भएका छन्। देउवाको भारत भ्रमणका लागि भदौ ७ देखि १० गतेसम्मको मिति तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।


ADVERTISEMENT


भ्रमणको एजेन्डा र विस्तृत तालीका भने तय हुन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। विगतदेखिको इतिहासलाई हेर्दा नेपाली नेतामा प्रधानमन्त्री बनेको केही समयमा नै भारत भ्रमणमा जाने एक किसिमको परम्परा जस्तै बसेको छ ।


ADVERTISEMENT

# # #


यसअघि नै भ्रमण गर्ने भनिएपनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन र मन्त्रीपरिषद् विस्तारका कारण देउवाको भारत भ्रमण हुन सकेको थिएन । हिजो मन्त्री परिषद् विस्तारसंगै उनको भ्रमणको बाटो खुलेको हो ।