काठमाडौँ – इङ्ल्याण्डमा जारी एक दिवसीय विश्वकपको पहिलो सेमिफाइनमा न्यूजिल्याण्ड र भारत भिड्दै छन् । भारतविरुद्ध टस जितेर न्यूजिल्याण्डले ब्याटिङ थालेको छ ।


ADVERTISEMENT


न्यूजिल्याण्ड लगातार दोस्रोपटक विश्वकपको फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको हो । न्यूजिल्याण्ड २०१५को विश्वकपको फाइनलमा अष्ट्रेलियासंग पराजित भएको थियो । यस्तै भारत ८ वर्षपछि फइनल पुगेर ट्रफी घर भित्र्याउने दाउमा रहेको छ ।


ADVERTISEMENT

# # #


भारत र न्यूजिल्याण्डबीच पहिलो पटक विश्वकपको सेमिफाइनलमा भिडन्त हुँदैछ । जारी विश्कपमा पनि यी दुई टिम पहिलो पटक एकअर्का विरुद्ध मैदानमा उत्रिएका हुन् । यसअघिको समूह चरणको खेलमा पानीले प्रधावित पारेपछि दुबै टिमले १–१ अंक बाँडेका थिए ।

विश्वकपको दोस्रो सेमिफाइनल आयोजक इङ्ल्याण्ड र अष्ट्रेलियाबीच बिहीबार हुँदैछ ।

सम्बन्धित समाचार
केन विलियम्स भर्सेस विराट कोहली : ११ वर्षपछि जुरेको संयोग

यस्तो दुबै टिमको अन्तिम ११

भारत : विराट कोहली (कप्तान) रोहित शर्मा, केएल राहुल, रिशभ पन्त, महेन्द्र सिंह धोनी (विकेट किपर), दिनेश कार्थिक, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, युजेन्द्र चहाल र जस्प्रित बुम्राह ।

न्यूजिल्याण्ड : केन विलियम्सन(कप्तान), मार्टिन गप्टिल, हेनरी निकोलस, रस टेलर, टोम लथाम (विकेटविकपर), जेम्स निशम, कोलिन डी गा्रडीहोम, मिचेल स्नाटर, म्याट हेनरी, लुकी फ्रग्सन र ट्रेन्ट बोल्ट ।