काठमाडौँ – आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसनद्वारा संचालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ ।


ADVERTISEMENT


मोबाइल एपमा ‘डिल्स’ भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ । जसबाट आइएमई पे मोबाइल वालेट एप चलाउने उपभोक्ताले विभिन्न रेस्टुरेन्ट वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आइएमई वा आइएमई पे एजेन्टबाट, वा आफ्नो बैंकबाट सिधै, वा आइएमई पे मोबाइल वालेट एप चलाउने आफ्नो साथी भाइबाट मोबाइल वालेटमा पैसा हाल्न सनेछन् ।

काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको छ ।

आइएमई पे मोबाइल वालेट एपका कुनै पनि ग्राहकले तोकिएको स्थानमा गई आइएमई पेबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । यस्तै आइएमई पेबाट विक्रेता अर्थात् मर्चेन्ट बनेका विक्रेताले आफ्नो छुटको विज्ञापन बिना कुनै शुल्क आइएमई पेका ग्राहकहरूलाई देखाउन वा प्रदर्शन गर्न सक्ने कम्पनीले जनाएको छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास कुमार नहाटाले आइएमई पे मोबाइल वालेट एपका सेवाग्राहीको प्रमुख चाहना भनेकै आफूले खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा सजिलो र फलदायी होओस् भन्ने चाहना रहेकाले ‘डिल्स’ सेवा सुरु गरेको बताए ।

उनका अनुसार यसबाट सेवाग्राहीहरूले आफ्नो वरिपरि के–कस्तो सुविधा र अफर चलिरहेको छ भनेर जानकारी पाउँछन् र आइएमई पेबाट भुक्तानी गर्दा विक्रेताले प्रदान गर्ने छुट सजिलै प्राप्त गर्न सक्छन् ।