एजेन्सी – भारतीय क्रिकेट टिमका प्रमुख प्रशिक्षक रवी शास्त्रीको एक तस्बिरलाई लिएर सामाजिक सञ्जाल अहिले तातेको छ । सामाजिक सञ्जालमा फैलाइएको एक तस्बिरमा प्रशिक्षक शास्त्रीको कुसीको तर रक्सीको बोतल राखिएको देखिन्छ ।


ADVERTISEMENT


उक्त तस्बिरमा शास्त्रीको बाँयातर्फ भारतीय टिमका कप्तान विराट कोहली देखिन्छन् । यस्तै उनको पछाडी युजेन्द्र चहाल उभिएका छन् । सामाजिक सञ्जालमा २० हजार पटक शेयर गरिएको उक्त तस्बिरमा विभिन्न किसिमका टिप्पणी गरिएका छन् । ‘एउटा प्रशिक्षकले आफ्नो टिमका साथ तस्बिर खिचाउन आउँदा कुनै नियम पालना गर्नुपर्दैन ?’ केहीले प्रश्न गरेका छन्, ‘बीसीसीआइले शास्त्रीसंग जवाफ माग्नुपर्छ ।’


ADVERTISEMENT

# # #


तस्बिरको वास्तविकता के हो ?

मंगलवार भारत र न्यूजिल्याण्डको बीच सुरु भएको जारी विश्वकपको पहिलो सेमिफाइनल वर्षाका कारण पूरै हुन पाए । स्थगित भएपछि शास्त्रीको यो फाटो सामाजिक सञ्जालमा फैलिएको थियो । तर, सामाजिक सञ्जालमा फैलिएको भ्रम भने सत्य होइन । जुन झुटो साबित भएको छ ।

सामाजिक सञ्जालमा फैलाइएको फोटो समूह चरणमा श्रीलंकाविरुद्धको खेल हुनुभन्दा पहिले खिचिएको हो । जसमा रवी शास्त्रीका साथै पूरै टिम समावेश भएको थियो । जुन तस्बिरलाई भारतीय क्रिकेट बोर्ड बीसीसीआइले सार्वजनिक गरेको थियो । बीसीसीआईको वास्तविक तस्बिर हेरिसकेपछि सामाजिक सञ्जालमा फैलाइएको तस्बिर फोटोसपबाट बिगारिएको प्रमाणित हुन्छ ।