काठमाडौं – सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले ललितपुरको पुल्चोकमा नयाँ सामसङ्ग डिजिटल प्लाजा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


सामसङ्ग उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट्–अफ–आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसङ्ग प्लाजाको संजाल विस्तार गर्न उत्प्रेरित गरेको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बुधबार हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छा तथा सामसङ्ग प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापिथ विद्यालय तथा श्री आजाद विद्यालयाका छात्राहरुले २५ गते शोरुमको उद्घाटन गरेका छन् ।

१५ औं वार्षिक उत्सवको अवसरमा, सामसङ्ग प्लाजाले निर्मल विद्यापिथ विद्यालय र श्री आजाद विद्यालयाका ५० जना छात्राहरुलाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेस्नरी उपलब्ध गराएको थियो । बालिकाहरुलाई शिक्षित बनाउन र सम्पूर्ण बालिकाहरुलाई विद्यालय जान प्रेरित गर्नका लागि यो एक उत्तम कदम थियो । सामसङ्ग प्लाजाले चितवन माढीका ३० जना महिला समुहलाई युवा साक्षरता कक्षा संचालन गरेको छ ।

उद्घाटन पछि बोल्दै निर्देशक गोल्छाले प्लाजाको उद्घाटनसंग्र त्यहाँका ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गरिन् । यस्तै उनले छात्रवृत्ति पहल कार्यक्रममार्फत महिला सशक्तिकरणका लागि एउटा सानो प्रयास गर्न पाउँनु हाम्रो लागि गर्वको विषय रहेको बताइन् ।

सामसङ्ग डिजिटल प्लाजामा एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका सातवटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका सात वटा सामसङ्ग डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ ।