काठमाडौँ – न्यूजिल्याण्ड भारतलाई हराउँदै इङ्गल्याण्डमा कारी एकदिवसीय क्रिकेट विश्वकपको फाइनल प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । २०१५ को विश्वकपमा न्यूजिल्याण्डलाई हराउँदै अष्ट्रेलियाले उपाधी जितेको थियो ।


ADVERTISEMENT


मंगलबार सुरु भएको खेल वर्षाले प्रभावित बनाएपछि बुधबार पुनः सुरु भएको थियो । मंगलबार टस जितेर ब्याटिङ थालेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २३९ रन बनायो । २४० रनको चुनौति पच्छ्याउँदै मैदान प्रवेश गरेको भारतले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २२१ रन मात्रै बनायो ।


ADVERTISEMENT

# # #


भारतको सुरुवात नै खराब रह्यो । उसले ३.१ ओभरमा ५ रन बनाउँदा ३ विकेट गुमाएको हो । भारतका ओपनर रोहित शर्मा, लोकेश राहुल र कप्तान विराट कोहली सस्तैमा आउ भए । उनीहरुले समान १–१ रन मात्रै बनाए ।

पहिलो ४ रन जोड्दा भारतले रोशित शर्माका रुपमा पहिलो विकेट गुमायो । रोहितलाई म्याट हेनरीको बलमा विकेट किपर लाथम हेनरीले क्याच गरे । यस्तै अर्को एक रन जोड्दा कप्तान विराट कोलीले विकेट गुमाए । उनलाई ट्रेन्ट बोल्टले एलबीडब्ल्यूको धरापमा पारे । त्यसपछि अर्का ओपनर लोकेश राहुललाई म्याट हेनरीले विकेट किपर लाथम हेनरीबाट क्याच गराए ।

दयनिय अवस्थामा रहेको भारतको ब्याटिङलाई रिसभ पन्त र हार्दिक पाण्ड्याले सम्हाल्ने प्रयास गरे । ४७ रनको साझेदारी गरेपछि रिसभ पन्त व्यक्तिगत ३२ रनमा आउट भए । ५६ बलमा उनले ४ चौका प्रहार गरे । समान ३२ रन नै हानेका हार्दिक पाण्ड्याले २ चौका हानेर आउट भयो ।

त्यसपछि भारत ३०.३ ओभरमा ९६/६ को झन दयनीय अवस्थामा आयो । भारतका लागि रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले उत्कृष्ट साझेदारी गरेर भारतलाई उकास्ने प्रयास गरे । सातौँ विकेटका लागि उनीहरुले ११६ रनको साझेदारी गरे । आक्रमक ब्याटिङ गरेका जडेजाले ५९ बलमा ७७ रन बनाए । त्यसक्रमममा उनले ४ चौका र ४ छक्का ठोके ।

धोनी क्रिजमा हुँदासम्म भारतको जितको आशा कायमै थियो । तर, १० बलमा २५ रन चाहिएको अवस्थामा २ रन लिन खोज्दा रनआउट हुन पुगे । उनले ७२ बलमा १ चौका र १ छक्का हाने । अन्यले दोहोरो अंक छुन सकेनन् ।

न्यूजिल्याण्डका लागि म्याट हेन्रीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडेन राख्दै ३७ रन खर्चिए । यस्तै ट्रेन्ट बोल्ट र मिचेल स्नाटरले समान २–२ विकेट लिए । मिचेलले १० ओभरमा २ मेडेनका राख्दै ३४ रन खर्चिए ।

मंगलबार खेलको बीचमा वर्षा प्रभावित भएपछि रोकिएको थियो । वर्षा हुनुअघि न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाउँदै २११ रन जाडेको थियो । बुधबार ४६.१ ओभरबाटै खेल सुरु भएको थियो ।

न्यूजिल्याण्डका लागि रस टेलरले सर्वाधिक ७४ रन बनाए । वर्षा आउनुअघि ६७ रन हानेका उनले बुधबार ५ बलमा ७ रन जाडेर आउट भए । खेल प्रभावित हुनुअघि न्यूजिल्याण्डका कप्तान जिल्याण्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाएका थिए । उनी ९५ बलमा ६ चौका हानेर आउट भए । यस्तै हेनरी निकोल्स २८, कोलिन डी ग्राण्डिहोम १६ र जेम्स निसम १२ रनमा आउट भएका छन् ।

टोम लाथम १० रनमा आउट भए भने मिचेल स्नाटर ९ रनमा नटआउट रहे ।

भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए । यस्तै जश्प्रित बुम्राह, रवीन्द्र जडेजा, हार्दिक पाण्ड्या र युजेन्द्र चहालले समान १/१ विकेट लिए ।