काठमाडौँ, फागुन १७ । स्थानीय तह निर्वाचनमा राजनीतिक सहमती जुटाउने प्रयास स्वरुप संविधान संसोधन, स्थानीय तहको निर्वाचनको वातवरण निर्माण लगायतका विषयमा आज सत्तारुढ दल काँग्रेस र माओवादीले मधेशी मोर्चाका नेताहरुसँग छलफल शुरु गरेका छन् ।


ADVERTISEMENT


सहमती जुटेका विषयमा तत्काल संशोधन गरेर निर्वाचनमा जाने र विवादित बिषयमा निर्वाचनपछि संशोधन गर्ने प्रस्ताव अघि सारेका प्रधानमन्त्री दाहालले थप छलफलका लागि मोर्चा सहितको त्रिपक्षिय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान साढे १० बजेदेखि काँग्रेस, माओवादी र मोर्चाको संयुक्त वैठक शुरु भएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री प्रचण्डले हिजो साँझ मात्रै मधेशी मोर्चाका नेताहरुसँग तीन घण्टा लामो छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्रीले निर्वाचन नभए संघीयता उल्टिन सक्छ भनेर मोर्चाका नेताहरुलाई सचेत गराएका थिए । त्यसलगत्तै आज काँग्रेससहित प्रधानमन्त्री प्रचण्डले बैठक डाकेका हुन् ।

संसदमा सरकारले पेश गरेको संविधान संसोधन विद्येयकमाथि १५ वटा संसोधन विद्येयकमाथि १५ वटा संसोधन प्रस्ताव दर्ता भएका छन् । ती प्रस्तावमा कहाँ सहमति खोज्न सकिन्छ भनेर आज वैठकमा छलफल हुनेछ । स्थानीय तहको पुनसर्रंचनासम्बन्धी आयोगको प्रतिवेदनमाथि पनि मोर्चाको विरोध छ । मोर्चाको विरोधपछि सरकारले त्यसलाई परिमार्जन गर्न मन्त्रीस्तरीय कार्यदल बनाएको थियो । कार्यदलले मधेशमा स्थानीय तहको सख्याँ बढाउने सुझावसहितको प्रतिवेदन आज सरकारलाई बुझाउँदैछ ।

मधेशी मोर्चाका नेताले परिमार्जन सहित संशोधन प्रस्ताव पारित गरेर मात्र चुनावमा जान सकिने अडान प्रधानमन्त्री समक्ष दोहर्‍याएका थिए । मोर्चाका एक घटक फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने संविधान संशोधन र निर्वाचनका बिषयमा सहमतीको सम्भावना नरहेको बताएका छन् । संशोधनमा आवश्यक सहमती जुटन नसक्दा सहमतीको मिलन बिन्दु टाढा रहेको उनको भनाइ छ