काठमाडौँ – सरकारले सर्लाहीको ईश्वरपुरमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सरोजकुमार सिंहको परिवारलाई १० लाख राहत दिने भएको छ । मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले सिंहको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


सर्लाहीको ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर १२ वर्षीय अमितकुमार साहको मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


मृतकका परिवार र गाउँलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । जसमा सरोज सिंहको टाउकोमा गोली लागेर मृत्यु भएको थियो ।