एजेन्सी – आइइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत इंग्ल्यान्डविरुद्धको दोस्रो सेमिफाइनलका दौरान अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारीले घाइते हुँदा पनि ४६ रन बनाएका छन्।


ADVERTISEMENT


इंग्ल्यान्डका जोर्फा आर्चरको बाउन्सर बलमा उनको चिउँडोमा लागेको थियो। आठौं ओभरको अन्तिम बल चिउँडोमा लागेपछि क्यारीको हेलमेट समेत खुस्किएको थियो। तर उनले हेलमेट हातले अठ्याएका थिए।


ADVERTISEMENT

# # #


हेलमेटले स्टम्टलाई नलागोस् भनेर उनीले तत्काल हेलमेट समातेका थिए। किनकी हेलमेटले स्टम्टमा लागेको अवस्थामा उनी आउट हुन्थे।

त्यसपछि उनको चिउँडोबाट लगातार रगत बगेको थियो। सुरुवाती ३ महत्वपूर्ण ब्याट्सम्यान आउटको अवस्थामा क्यारी घाइते भएपछि अस्ट्रेलियालाई झन् संकटमा परेको थियो। तर क्यारीले घाइते भए पनि पट्टी लगाएर ब्याटिङ गरेका थिए।

क्यारी घाइते हुँदा ४ रन बनाएर खेलिरहेका थिए।त्यतिबेला अस्ट्रेलियाका ओपनर डेभिड वार्नर, कप्तान आरोन फिन्च र पिचर ह्यान्डसकम सस्तैमा आउट भएका थिए।

क्यारीले स्टिभ स्मिथसँग १०३ रनको साझेदारी गर्दा अस्ट्रेलियालाई राहत मिलेको थियो। ४६ रनमा आउट भएका क्यारीले ७० बलमा ४ चौका हिर्काए।