काठमाडौं – यती एयरलाइन्सको अवतरणका क्रममा विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन ।


ADVERTISEMENT


शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौं आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको थियो । विमानलाई हटाउन नसक्दा सबै किसिमका उडान–अवतरण अवरुद्ध बनेका छन् ।


ADVERTISEMENT

# # #


विमानस्थल अवरुद्ध बनेपछि विभिन्न ठाउँ जान विमानस्थल पुगेकाहरु अलपत्र परेका छन् । नेपाल आउँदै गरेका अधिकांश विमान डाइभर्ट गरिएको छ । रनवेको नजिकै विमान दुर्घटना भएपछि तत्कालका लागि २ बजे सम्मका लागि विमानस्थल बन्द गरिएको जानकारी दिइएको थियो ।

तर, विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अवतरणका क्रममा विमान कोटेश्वरपट्टीको धावनमार्गमा चिप्लिएर घाँसे मैदान र धावनमार्गको आदि भागमा पुगेको र अविरल वर्षा भइरहेको कारण विमानस्थल साँझ ५ बजेसम्मको लागि बन्द गरिएको छ ।