काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार मलेसियाविरुद्ध हुने टी–२० सिरिजको पहिलो खेल गल्दैछ । दुई खेलको सिरिजको पहिलो खेल शनिबार हुँदैछ ।


ADVERTISEMENT


शनिबारको खेल क्वालालम्पुरस्थित किनरारा ओभलमा विहान पौने ८ बजे सुरु हुनेछ। नेपालले टी–२० विश्वकपको छनोटमा स्थान बनाउनका लागि सिंगापुरमा हुने एशिया फाइनलको तयारीका लागि उक्त सिरिज खेल्न लागेको हो । एशिया क्षेत्र फाइनल आगामी साउन ६ देखि सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


जहाँ एशिया पूर्वी क्षेत्रबाट आएका नेपालसहित आयोजक सिंगापुर, मलेसिया हुनेछन् भने एशिया पश्चिमबाट कतार र कुवेत रहेका छन् । नेपालगत अक्टोबरमा भएको एशिया क्षेत्रको पूर्वी क्षेत्रमा नेपाल विजेता बनेको थियो ।

पश्चिम क्षेत्रको विजेता युएई बनेपनि टी २० विश्वप छनोट युएईमा आयोजना हुने भएकाले आयोजकका नाताले ऊ सिधै छनोट भएको छ । एशिया क्षेत्रबो विजेता टोली युएईमा हुने विश्वकप छनोटमा भाग लिन पाउने छ । जुन यही वर्षको अक्टोबर ११ देखि युएईमा सुरु हुँदैछ ।

१४ टोलीले सहभागिता जनाउने प्रतियोगितामा उत्कृष्ट ६ टिमले सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।