काठमाडौं । दाईजो प्रथा बिरुद्ध बुलन्द आवाज उठाउँदै बनेको यादब कुमार भट्टराई निर्देशित चलचित्र ‘भोर’ की अभिनेत्री पूजा कर्ण राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत जुरी प्रोत्साहन सम्मान बाट सम्मानित भएकी छन । शुक्रबार राजधानीमा सम्पन्न कार्यक्रममा राष्ट्रपती बिद्यादेवी भण्डारीले कर्णलाई उक्त सम्मान प्रधान गरेकी हुन् ।


ADVERTISEMENT


तराइ मधेशमा आक्रान्त दाईजोप्रथाले मानवीयय जीवनमा पारेको दर्दनाक असरलाई निर्देशक भट्टराईले चलचित्रमा जीवन्त उतारेका छन् ।
चलचित्रमा पूजा शारीरिक रुपमा असक्त भए पनि महिलामाथिको अपराधका बिरुद्ध लडेर न्यायको विगुल फुक्ने पात्रका रुपमा प्रस्तुत गरिएकी छन् ।


ADVERTISEMENT

# # #


यस अघि सतीप्रथामा आधारित सफल चलचित्र झोला निर्माण गरेर देशको समाज चित्रणमा स्थापित बनेका निर्देशक भट्टराईले दोश्रो उपहार स्वरुप मिडिया फर कल्चरको ब्यानरमा भोर निर्माण गर्दै बर्तमान समाजको दयनीय र अमानवीय संस्कार बनिरहेको दाईजोप्रथालाई उदाङ्गो बनाएका छन् ।