काठमाडौं – अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ६० पुगेको छ । मृत्यु हुनेमध्ये २४ जना महिला । ३६ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


यस्तै २६ जना बेपत्ता भएका छन् । जसमा १४ पुरुष र १२ जना महिला रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५/५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा ३–३ जनाको मृत्यु भएको छ । यस्तै धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २–२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ ले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

यस्तै बाढी पहिरोमा परेका १ हजार १ सय ४ जनालाई सकुशल उद्दार गरिएको छ । काठमाडौंमा १ सय ८५ जना, ललितपुरमा ८ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १-१ जना गरी जम्मा १ हजार ४४४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६जना, ईलाम र मोरङमा ३-३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १–१ जना गरी ३५ जना वेपत्ता भएका छन् ।

वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । साथै मकवानपुरमा ४ जना, ललितपुर र धनकुटामा ३र३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २–२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र

चितवन १–१ जना गरी जम्मा २५ जना घाइते भएका छन् । घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।